लक्ष्मीप्रसाद देवकोटाका कविताहरु Laxmi Prasad Devkota's great poems यात्री कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ? कुन सामग्री पुजा गर्ने साथ कसोरी लाने हो ? मानिसहरूका काँध चढी कुन देवपुरीमा जाने हो ? हाडहरूका सुन्दर खम्बा मांस पिण्डका दिवार । मस्तिस्कको यो सुनको छाना इन्द्रियहरुका द्वार ! नसा-नदिका तरल तरङ्ग, मन्दिर आफू अपार । कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ? मनको सुन्दर सिंहासनमा जगदिश्वरको राज । चेतनको यो ज्योति हिरण्य, उसको शिरको ताज । शरिरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ । भित्र छ ईश्वर बाहिर आँखा खोजि हिंडछौ कुन पुर ? ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर ? खोजी गर्छौ ? हृदय उगाऊ, बत्ति बाली तेज प्रचुर साथी यात्री बीच सडकमा, ईश्वर हिंडछ साथ चुम्दछ ईश्वर काम सुनौला गरीरहेको हात छुन्छ तिलस्मी करले उसले, सेवकहरूको माथ । सडक किनारा गाउँछ ईश्वर चराहरूको तानामा बोल्दछ ईश्वर मानिसहरूको पीडा, दु:खको गानामा दर्शन किन्तु कहीं दिंदैन, चर्म-...
Comments
Post a Comment